Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक सभा, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०७७, ०७ : ४५ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक सभा, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार, काठमाडौँ - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दशौँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे कार्तिक ३ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठककाे निर्णयानुसार दशौँ वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार कम्पनीकाे प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौँमा बिहान १०:३० बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत सामान्य प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ ।


त्यसैगरी, विशेष प्रस्ताव अन्तर्गत कम्पनीकाे भाद्र १९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट कम्पनीका शेयरधनीहरूलाई १०.५० प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर वापत ५१  लाख ८६ हजार ५५८ रुपैयाँ (कर प्रयोजनका लागि मात्र ) नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक २० गतेबाट मंसिर ४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, कार्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको