Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयरको बाँडफाँड, अन्तिम मूल्य कति ?

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, ०८ : ३६ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयरको बाँडफाँड, अन्तिम मूल्य कति ?

अर्थ संसार, काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी शेयरको बाँडफाँड गरिएको छ । कम्पनीले असोज १३ गते मंगलबारदेखि असोज १९ गतेसम्म लिलामी मार्फत बिक्रीका लागि खुल्ला गरेको  हकप्रद शेयरको कार्तिक २ गते बाँडफाँड गरेको हो ।

उक्त श्येरमा परेको शिलबन्दी बोलापत्रहरु असोज २६ गते खोलिएको थियो ।

कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीका खुल्ला गरेको थियो ।
जसमध्ये संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको थियो । 

त्यसैगरी लिलाम बढाबढमा बाँडफाँडमा नपरेको शेयर वापतको रकम भुक्तानी भोलि कार्तिक ४ गते मंगलबार आवेदकले आफ्नो आवेदन फाराममा इल्लेख गरेको बैंक/वित्तीय संस्थाको खातामा IPS मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । साथै, आफ्नो खातामा रकम जम्मा भए/नभएको यकिन गरी रमक जम्मा नभएको खण्डमा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंमा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।
साथै बाँडफाँडको अन्तिम मूल्य संस्थापक समूहतर्फ १ सय ६६ रुपैयाँ र सर्वसाधारण समूहतर्फको ६ सय ४ रुपैयाँ कायम गरिएको छ ।

इन्स्योरेन्सले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको