Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सको बोलपत्र आज खोलिने !

अर्थ संसार

सोमबार, २६ असोज २०७७, ०९ : ५० मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सको बोलपत्र आज खोलिने !

अर्थ संसार, काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज १३ गते मंगलबारदेखि बिक्री खुल्ला गरेकाे लिलामी शेयरमा प्राप्त भएकाे बाेलपत्रहरू आज (साेमबार) खोलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू आज बिहान १ओ बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालय, नागपाेखरी, काठमाडौंमा खाेलिनेछ । 

कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको