Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, ०८ : ४२ मा प्रकाशित

नेको इन्स्योरेन्सले संस्थापक  शेयर बिक्री गर्ने

अर्थ संसार, काठमाडौँ - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहकाे शेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहकाे १० लाख ७० हजार २ सय ६ कित्ता शेयर बिक्री गर्न लागेको हो । 

उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आश्विन २० गते, मंगलबारबाट कार्तिक ४ गते, मंगलबारसम्म आवेदन पेश गर्न सक्नेछन् । 

शेयरकाे न्युनतम मूल्य प्रतिशेयर ३ सय ९५ रूपैयाँ ताेकिएकाे छ । त्यसैले लगानीकर्ताले साे वा साे भन्दा धेरै मूल्य अंकित गरि बाेलकबाेल गर्नुपर्नेछ ।

त्यसैगरी, लगानीकर्ताले न्युनतम ५ हजार कित्ताको आवेदन दिनुपर्नेछ । अधिकतम शेयर संख्याको भने हद लाग्ने छैन । शेयर बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको