Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारण सभा,बुक क्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०८२, ०७ : ४६ मा प्रकाशित

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारण सभा,बुक क्लोज कहिले ?

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले २९औं वार्षिक साधारण सभा आउँदो जेठ ९ गते बोलाएको छ। कम्पनीले आफ्नो नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । सभाले मुख्य रूपमा भने चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता सेयरका लागि ७ कित्ताका दरले बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते १ दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा वैशाख २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको