नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज माघ १५ गते मंगलबार अन्तिम दिन हो ।
कम्पनी हकप्रद सेयर बिक्री प्रयोजनका लागि माघ १८ गते बुक क्लोज गर्दैछ ।
भोलि र पर्सी क्रमशः सहिद दिवस र सोनम ल्होसार परेकाले नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । यी २ दिन नेप्से बन्द रहन्छ। यसर्थ,आज माघ १५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र नेकोको हकप्रद सेयर भर्न पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। कम्पनीले १ः०.२५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। यसबाट ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ संकलन हुनेछ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ कायम हुनुपर्ने निर्देशन दिएको छ। कम्पनीले सोही दरमा चुक्ता पूँजी कायम गर्न हकप्रद निष्कासन गर्न लागेको हो। हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस