को इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने छ । इन्स्योरेन्सले चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत अर्थात् ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातले हकप्रद बिक्री गर्न अनुमति पाएको हो।
हकप्रद सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।
यस कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत माघ १८ गते बुक क्लोज गरेको थियो। बुक क्लोजका आधारमा माघ १७ गतेसम्म कायम सेयरधनीहरूले मात्र यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन २८ गते तोकिएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस