Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोको शेयर लगानीकर्ताको रोजाइमा

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १६ : ३६ मा प्रकाशित

हाइड्रोको शेयर लगानीकर्ताको रोजाइमा


अर्थ संसार, काठमाडौं– पछिल्लो समय शेयर बजारको यात्रामा उतारचढाव देखिएको छ ।  एक दिन बढ्ने, एक दिने घट्ने प्रकृया जारी छ ।  बजारको यस्तो यात्रामा लगानीकर्ताको रोजाइमा भने हाइड्रो पावरको शेयरप्रति आकर्षित भएका छन् ।

नेप्सेमा केही दिनअघि देखि अरु समूहमा घटबढ भैरहेपनि जलविद्युत समूहमा भने निरन्तर उकालो लागिरहेको छ ।  दोस्रो बजारमा जलविद्युत समूहको शेयर अंकित मूल्य अर्थात सर्वसाधारण शेयर मूल्य (आइपिओ) मूल्य १ सय भन्दा कम छ । बजारमा विस्तारै गति लिएसँगै कम मूल्यको शेयर लगानीकर्ताको रोजाइमा पर्न थालोको हो । जसले गर्दा  कम मूल्यको शेयरमा अधिकांश हाइड्रोपावरको कम्पनी रहेको लगानीकर्ताहरु बताउँछन् ।

नेप्सेमा ३४ वटा कम्पनी सूचिकृत भई दोस्रो बजारमा कारोबार भैरहेको छ । ३४ वटा कम्पनीमध्ये चिलिमे जलविद्युत कम्पनीको शेयर सवै भन्दा धेरै प्रतिकित्ता ५११ रुपैयाँ रहेको छ । सवै भन्दा कम नेशनल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता ९० रुपैयाँ रहेको छ ।  केही दिन अघिदेखि हाइड्रोपावर कम्पनीको शेयर बढेर अधिकांश कम्पनीको शेयर अंकित मूल्य भन्दा माथि रहेको छ ।  

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको