Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलको पेएजयूगो योजना : जति धेरै डेटा प्रयोग गर्यो त्यति नै सस्तो !

अर्थ संसार

बुधबार, १४ असोज २०७७, १७ : ०३ मा प्रकाशित

एनसेलको पेएजयूगो योजना : जति धेरै डेटा प्रयोग गर्यो  त्यति नै सस्तो !

अर्थ संसार, काठमाडौं - एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रतिएमबीसम्ममा डाटा सेवा प्रयोग गर्न सक्नेछन्  । 

यो योजना बुधबार (असोज १४) देखि लागु भएको छ । पेएजयूगो अर्थात मेन ब्यालेन्सबाटै विद्यमान प्रति एमबी कर बाहेक २ रुपैयाँमा डाटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवाप्रयोग गर्नका लागि प्याक सुविधान लिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको एनसेलले जनाएको छ । 

यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डाटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदी ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डाटाका लागि २० रुपैयाँसम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क २ रुपैयाँ प्रति एमबी पर्दछ ।

एक हप्तामा ग्राहकले २० रुपैयाँदेखि रु ५० रुपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बितिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क १ रुपैयाँमा झर्दछ । त्यसैगरी यदी ग्राहकले एक हप्तामा ५० रुपैयाँभन्दा बढी खर्च गर्ने बितिकै प्रतिएमबी मात्र ४० पैसामा मेन ब्यालेन्सबाटै डेटा सेवाको फाइदा लिन सक्छन् ।      

साप्ताहिक चक्रमा हरेका हप्ता आइतबार देखि शनिबारसम्ममा ग्राहकले पेएजयूगो डाटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुन्छ । जस्तै कुनै ग्राहकले आइतबारदेखि बुधबार सम्ममा पेएजयूगो डाटा सेवामा २३ रुपैयाँ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट २० रुपैयाँ भन्दा बढि खर्च हुने बित्तिकै पेएजयूगो शूल्क त्यहि हप्ताको शनिबार मध्यरातसम्मका लागि १ रुपैयाँ प्रति एमबीमा झर्नेछ ।

त्यस्तै सोहि ग्राहकको खर्च उक्त हप्ता ५० रुपैयाँ भन्दा बढि हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिवार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको