अर्थ संसार, काठमाडौं - एनएमबि बैंक लिमिटेडले कन्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी भाद्र ७ गतेदेखि एनएमबि बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार संचालन भइरहेकोमा प्राप्ति पश्चात दुई संस्थाहरु एकै ठाउँमा दोहोरिन पुगेको शाखा कार्यालयहरुको कारोबार बन्द गरिने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृति बमोजिम देहाय बमोजिमका शाखा कार्यालयहरुमा गाभि एकै ठाउँमा दोहोरिन पुगेको शाखा कार्यालयहरु असोज २५ गतेदेखि बन्द गरिने भएको हो ।
बन्द गरिने शाखा कार्यालयहरुका ग्राहकहरुले चाहेमा असोज १५ गते देखि असोज २३ गतेभित्र सूचनामा उल्लेखित कार्यालयहरुमा सम्पर्क राखी विस्तृत जानकारी लिन सक्नेछन् ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस