Like us!
Follow us!
Connect us!
Watch us!

बजाजले ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस, मूल्य कति पर्छ ?

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १७ : २९ मा प्रकाशित

बजाजले ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस, मूल्य कति पर्छ ?

अर्थ संसार, काठमाडौं — बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।

नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा आउँदछ र शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको हो । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप सृजना गर्दछ र यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु पनि छन् ।

यो १६०सीसी डीटीएस—आई इन्जिनद्वारा संचालित छ जसले १६०:१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५—स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ ।
सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकको साथ आउँदछ । ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएस सँगै छन् ।

चालकको आरामको लागि यो लामो स्लंग, लामो सिट र अद्वितीय विस्तारीत फुटरेस्ट स्थानमा साथ आउँदछ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य ३ लाख १९ हजार ९ सय रुपैयाँमा असोज १५ गतेदेखि देशभर उपलब्ध हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको