Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल क्लियारिङ हाउसको संस्थापक शेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउँछन् ?

अर्थ संसार

सोमबार, १९ असोज २०७७, ०८ : ३९ मा प्रकाशित

नेपाल क्लियारिङ हाउसको संस्थापक शेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउँछन् ?

अर्थ संसार, काठमाडौं - स्मार्टच्वाइस टेक्नोलोजीज लिमिटेडको नाममा रहेको नेपाल क्लियारिङ हाउस लिमिटेडको संस्थापक समुहको शेयर बिक्री गरिने भएको छ । कम्पनीको २ लाख ९८ हजार ८० कित्ता शेयर बिक्री गर्न लागिएको हो ।

कम्पनीको संचालक समितिको निर्णय बमोजिम बिक्री गर्न लागिएको उक्त शेयर खरिद गर्न चाहने नेपाल क्लियारिङ हाउस लिमिटेडका संस्थापक शेयरधनी वा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा सरकारी स्वामित्वमा रहेको विशेष ऐनद्वारा संचालित वित्तीय संस्थाहरुले भोलि असोज २० गते देखि कत्तिक २४ गतेसम्ममा मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसारमार्ग, कमलादी, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी आवेदन पेश गर्न सक्नेछन् ।

प्रति कित्ता के कति दररेटमा लिन कबुल गर्ने हो आवेदनमा उल्लेख गर्नुपर्नेछ । शेयर खरिदका लागि न्युनतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण शेयरको लागि आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रति शेयर रू.३५० तोकिएको छ त्यसैले सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

शेयरको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

सूचना हेर्नुहोस्:

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको