Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डले आजबाट लाभांश वितरण गर्ने

अर्थ संसार

सोमबार, १९ असोज २०७७, ०८ : ०३ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डले आजबाट लाभांश वितरण गर्ने

अर्थ संसार, काठमाडौं - सनराइज बैंक लिमिटेड प्रबर्द्धक तथा सनराइज क्यापिटल लिमिटेड योजना वव्यवस्थापक तथा डिपोजिटरी रहेको सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फर्स्ट म्युचुअल फण्डले आफ्नो इकाईधनीहरुलाई आज (असोज १९ गते सोमबार) बाट लाभांश वितरण गर्ने भएको छ । 

फण्डले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको हो । 

फण्डले सो प्रतिफल इकाईधनीहरुको हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अद्यावधिक भएका इकाईधनीहरुको बैंक खातामा धमाधम जम्मा गर्नेछ । 

आफ्नो इकाई धितो राखेका इकाईधनीहरुको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक/वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य पेश गर्नुपर्नेछ । 

फण्डले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको