Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा ओपो एफ१७ को बिक्री आरम्भ

अर्थ संसार

सोमबार, १९ असोज २०७७, १८ : २७ मा प्रकाशित

नेपालमा ओपो एफ१७ को बिक्री आरम्भ

अर्थ संसार, काठमाडौं - नेपालमा आज(सोमबार) देखि ओपो एफ१७को फस्र्टसेलमार्फत बिक्री खुल्ला गरिएको छ । सेप्टेम्बर २७मा ओपो एफ१७प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाट्चेजका साथमा ओपो एफ१७ पनि सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिए तापनि कार्यक्रममार्फत फोनको फस्र्ट सेल मिति बारे मात्र जानकारी दिइएको थियो । 

आजदेखि बजारमा उपलब्ध गरिएको ओपो एफ१७ को बजार मूल्य रु. ३३ हजार ९ सय ९० निर्धारण गरिएको छ । जम्मा ७.४५ एमएम मोटाई र १६३ ग्राम वजन रहेको ओपो एफ१७ सिजनकै स्लिकेस्ट फोन भएको कम्पनीको दावी छ ।

ओपोको नेपालभर रहेका प्रमुख बिक्री केन्द्रहरु मार्फत एफ१७ उपलब्ध गरिएको छ । नेपालमा फोन ८ जीबी + १२८ जीबी भ्यारियन्टमा सार्वजनिक गरिएको हो ।

ओपो एफ१७ को एक प्रमुख विशेषता मध्य यसको वजन पनि एक हो । कम्पनी काप्रो भर्जनका तुलनामा एफ१७ मात्र ७.४५ एमएम मोटाइका साथ अझ पातलो बडीमा उपलब्ध गरिएको छ । त्यस ैगरी प्रो भन्दा १ ग्राम कम यसको वजन जम्मा १६३ ग्राम रहेको छ । एफ१७ लाई स्न्यापड्रागन ६६२ एसओसी ओक्टा(कोर चिपसेट क्लक्ड एट २जीएचजेडले सञ्चारित गर्छ । उपकरणमा कलर ओएस ७.२ मा आधारित एण्ड्रोइड १० सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ ।

ओपो एफ१७ मा सेल्फी क्यामेराका लागि वाटर-ड्रप नोट्चका साथमा ६.४४ ईञ्चको फूल एचडी एमोलेड स्क्रिनको ब्यवस्था गरिएको छ । साथै, फोनमा ईन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ । त्यसैगरी फोनको पछिल्लो भागमा एफ/२.२ सहित १६एमपी क्षमताको प्राइमरी शुटर ८एमपी वाइड-एंगल क्यामेरा र दूई ओटा मोनो सेन्सर सहित क्वाड-क्यामेरा सेटअप दिइएको छ । 

त्यसैगरी, फोनको अघिल्लो भागमा १६ एमपी क्षमताको शुटरको ब्यवस्था फोनमा रहेको छ । यस फोनमा ४,०१५ एमएएच क्षमताको ब्याट्रीका साथै, टाइप-सी पोर्ट मार्फत सपोर्ट हुने ३०वाट फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ । नेपाली बजारमा लेडर जस्तो देखिने फिनिशका साथमा नेभी ब्ल्यू र डायनामिक अरेन्ज गरी दूई भिन्न रंगमा फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनी काप्रो भर्जनका तुलनामा एफ१७ मात्र ७.४५ एमएम मोटाइका साथ अझ पातलो बडीमा उपलब्ध गरिएको छ । त्यस ैगरी प्रो भन्दा १ ग्राम कम यसको वजन जम्मा १६३ ग्राम रहेको छ । एफ१७ लाई स्न्यापड्रागन ६६२ एसओसी ओक्टा(कोर चिपसेट क्लक्ड एट २जीएचजेडले सञ्चारित गर्छ । उपकरणमा कलर ओएस ७.२ मा आधारित एण्ड्रोइड १० सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ ।

ओपो एफ१७ मा सेल्फी क्यामेराका लागि वाटर-ड्रप नोट्चका साथमा ६.४४ ईञ्चको फूल एचडी एमोलेड स्क्रिनको ब्यवस्था गरिएको छ । साथै, फोनमा ईन(डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ । त्यसैगरी फोनको पछिल्लो भागमा एफ÷२.२ सहित १६एमपी क्षमताको प्राइमरी शुटर ८एमपी वाइड-एंगल क्यामेरा र दूई ओटा मोनो सेन्सर सहित क्वाड-क्यामेरा सेटअप दिइएको छ । त्यसैगरी, फोनको अघिल्लो भागमा १६एमपी क्षमताको शुटरको ब्यवस्था फोनमा रहेको छ । 

यस फोनमा ४,०१५ एमएएच क्षमताको ब्याट्रीका साथै, टाइप-सी पोर्ट मार्फत सपोर्ट हुने ३०वाट फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ । नेपाली बजारमा लेडर जस्तो देखिने फिनिशका साथमा नेभी ब्ल्यू र डायनामिक अरेन्ज गरी दूई भिन्न रंगमा फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको