Like us!
Follow us!
Connect us!
Watch us!

कलाकार प्रदिप खड्का र कृष्टिना गुरुङ प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त

अर्थ संसार

सोमबार, १९ असोज २०७७, १८ : ३९ मा प्रकाशित

कलाकार प्रदिप खड्का र कृष्टिना गुरुङ प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त

अर्थ संसार, काठमाडौं -  अभिनेता प्रदिप खडका र अभिनेत्री कृष्टिना गुरुङ्ग प्रभु बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् ।

बैंक कलाकारद्वयलाई एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको  हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो ।

नेपाली सिनेमाजगतका ख्याति प्राप्त कलाकारद्धय प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएपपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने बैंकले विश्वास लिएको छ । 

कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंकको विज्ञापन हेर्नुहोस्:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको