Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीका खुल्ला, क-कसले आवेदन दिन पाउँछन् ?

अर्थ संसार

मंगलबार, २० असोज २०७७, ०७ : ०८ मा प्रकाशित

नेको इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीका खुल्ला, क-कसले आवेदन दिन पाउँछन् ?

अर्थ संसार, काठमाडौं - नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेका केहि संस्थापक आज (असोज २० गते मंगलबार)बाट बिक्रीका लागि खुल्ला हुने भएको छ । 

कम्पनीले संस्थापक शेयरधनीहरु मध्येको १० लाख ७० हजार २ सय ६.८४ कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले असोज २० गतेदेखि कार्तिक ४ गतेसम्म शिलबन्दी गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

न्युनतम मूल्य प्रतिशेयर ३९५ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले साे वा साे भन्दा धेरै मूल्य अंकित गरि बाेलकबाेल गर्नुपर्नेछ ।
त्यसैगरी, लगानीकर्ताले न्युनतम ५ हजार कित्ताको आवेदन दिनुपर्नेछ । अधिकतम शेयर संख्याको भने हद लाग्ने छैन । शेयर बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

यो छुटाउनुभयो कि ?

नेको इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको