Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना सङ्क्रमित ट्रम्प ह्वाइट हाउस फर्किए

अर्थ संसार

मंगलबार, २० असोज २०७७, १४ : २५ मा प्रकाशित

कोरोना सङ्क्रमित ट्रम्प ह्वाइट हाउस फर्किए

अर्थ संसार, काठमाडौँ - कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै सैनिक अस्पतालमा भर्ना भएका थिए । 

उनी अस्पतालबाट निवास फर्किएपनि उनको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् । आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ बर्षीय ट्रम्पले बताएका छन् । उनले चाडै नै आफु सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने पनि जानकारी दिए । अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा राष्ट्रपतिय निर्वाचन हुन लागेको छ भने ट्रम्प पनि प्रतिस्पर्धामा छन् । अस्पतालबाट ह्वाइट हाउस उनी छोटो हेलिकोप्टरमार्फत् गएका हुन् । उनी अस्पताल जादाँ पनि हेलिकोप्टरमै गएका थिए ।   

ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक भने नभइसकेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार ट्रम्पको अवस्था निवासमा फर्कन मिल्ने खालको रहेको र निवासमा रहँदा पनि उनलाई २४ नै घन्टा उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने व्यवस्था गरिएको छ । ह्वाइट हाउस पुगेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मिथ्या समाचारले मिथ्या चुनावी सर्वेक्षण मात्र देखाइरहेका छन् ।”

उनले कारोनाबाट डराउनु पर्ने आवश्यकता नरहेकोमा फेरी पनि जोड दिएका छन् । उनले यसअघि पनि कोरोनालाई सामान्य रुपमा लिन आह्वान गर्दै आएका थिए । उनलाई लाई शुक्रबार राति वाल्टर रिड नेशनल सैनिक अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ ।

उनी बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित भएको बताइएको छ । उनीसँगै उनकी पत्नी मेलानिया पनि सङ्क्रमित भएकी छिन् । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामान्य नै रहेको जानकारी दिएका छन् । 

त्यसैगरी ह्वाइट हाउसका अन्य कम्तीमा १२ जना कर्मचारी तथा सहयोगीहरुलाई पनि सङ्क्रमण देखिएको जनाइएको छ । विश्वमै सवैभन्दा धेरै मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित रहेको मुलुक अमेरिकामा अहिलेसम्म दुई लाख १५ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ६४४ भन्दा बढी मासिन कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको