Like us!
Follow us!
Connect us!
Watch us!

नगद लाभांश पारित गर्ने प्रस्तावसहित आईएमई को-अपरेटिभ सर्भिसले बोलायो एजिएम

अर्थ संसार

बुधबार, २१ असोज २०७७, ०७ : ३५ मा प्रकाशित

नगद लाभांश पारित गर्ने प्रस्तावसहित आईएमई को-अपरेटिभ सर्भिसले बोलायो एजिएम

अर्थ संसार, काठमाडौं - आईएमई को-अपरेटिभ सर्भिस लिमिटेडले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असोज २० गते मंगलबार बसेको बैठकको निर्णयानुसार सभा कार्तिक १ गतेदेखि ४ गतेसम्म संस्थाको मुख्य कार्यालय वा पायकपर्ने केन्द्रमा विहान ११ बजेदेखि बेलुका ४ बजेसम्म संचालन हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७७/७८ को अनुमानित वार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्ने, लेखा समितिको प्रतिवेदन छलफल तथा पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, शेयर सदस्यहरुलाई १८ प्रतिशत नगद लाभांश पारित गर्ने लगायत विषयमा छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

लगानीकर्ताले झन्झट रहित शेयरकारोबार गर्न कहिलेदेखि पाउने ? Arthasansar Talk | Chandra Singh Saud

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको