Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकारको आन्दोलनमा पनि विदेशी घुसपैठ

अर्थ संसार

विहीबार, २२ असोज २०७७, १४ : ५२ मा प्रकाशित

पत्रकारको आन्दोलनमा पनि विदेशी घुसपैठ

अर्थ संसार, काठमाडौं– सञ्चार–गृहका पीडित पत्रकाररकर्मचारी संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोनलमा विदेशी घुसपैठ भएको आशंका वढेको छ ।

इस्लामिक राष्ट्र तथा अदृष्य विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रहित विपरित र लोकतान्त्रिक ब्यबस्था भएका मित्रराष्ट्रका बिरुद्द भ्रमपुर्ण समाचार लेखेको आशंकामा छानविनमा रहेका केहि पत्रकार र कर्मचारी आन्दोलनमा देखिएपछि घुसपैठको आशंका वढेको हो ।

नेपाल आज प्रालिको अनलाईन पोर्टल ‘नेपाल आज’ बाट पीडित भनिएका केहि पत्रकार र कर्मचारी माथि राष्ट्रहित विपरितका काममा सम्पादकीय स्वतन्त्रताको दुरुपयोग र पत्रकार आचार संहिता विपरितका काम गरेको आशंका गरिएको छ ।

नेपाल आज प्रालिले विहिवार जारी गरेको विज्ञप्तिमा नेपाल आजवाट पीडित भनिएका केहि कर्मचारीहरु इस्लामिक राष्ट्र तथा अदृष्य विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रहित विपरित र लोकतान्त्रिक ब्यबस्था भएका मित्रराष्ट्रका बिरुद्द काम गरीरहेको आशंका ब्यक्त गरिएको छ । ‘त्यो बिषय यस संस्थाको आन्तरिक सामाजिक परिक्षणको प्रक्रियामा थियो’ विज्ञप्तिमा भनिएको छ–‘नेपालमै पनि स्वदेशी तानाशाही र डेट एक्स्पायर पुनरातनवादी शक्तिका एजेण्टका समाचारलाई अतिसयोक्तिपुर्ण तरिकाले प्रस्तुत गर्ने र नेपालको राष्ट्रियता, अखण्डता र लोकतान्त्रीक मुल्यमान्यता विरुद्ध काम गरेको विषय अझै पनि छानविनकै क्रममा छ ।’

त्यति मात्र नभई जनताको लामो त्याग, तपस्या र वलिदानीवाट प्राप्त लोकतान्त्रीक गणतन्त्रका सिद्धान्त र मर्ममा प्रहार गरी त्यसलाई असफल सावित गराउन ति पत्रकाररकर्मचारीले भुमिका निर्वाह गरेको प्रालिको आशंका छ ।

सरकारी कर्मचारी तथा विशिष्ठ ब्यक्तिहरुको अन्तरबार्ता लिने क्रममा रकम माग्ने गरेको विषय उनीहरु विरुद्ध उजुरी नै परेको जानकारी दिदै विज्ञप्तिमा भनिएको छ–‘ ‘यि सवै विषय छानबिनको क्रममा रहेकै वेला उनीहरु एकतर्फी रुपमा सम्पर्क बिहिन भएका हुन् ।’

प्रालिले नेपाल आजवाट पीडित भनिएका कर्मचारीरपत्रकारको दावी दुरासय युक्त रहेको र त्यसमा कुनै सत्यता नरहेको दावी गरेको छ । ‘न्युज रुममा राजनीतिकरण गर्ने तथा केहि देशी–विदेशी शक्तिका लागि मिडियाको दुरुपयोग गर्ने मनसायवाट प्रेरित भएर उनीहरु नियोजित रुपमा संस्था विरुद्ध आन्दोलनमा उत्रिएका हुन’ विज्ञप्तिमा भनिएको छ–‘न्याय पाउने प्रसस्त कानुनी वाटाहरु हुँदाहुँदै त्यता नगएर पत्रकारका नाममा भईरहेका आन्दोलनमा जता पनि सहभागि भएर आफैंले काम गरेको संस्था विरुद्ध दवाव सृजना गर्न उक्साउने र संस्थाका संचालनकलाई धम्कि दिएर प्रभावमा राख्न खोज्नुले उनीहरुको नियत प्रष्ट हुन्छ ।’

‘नेपाल आज’ देशको संविधान, प्रचलिन कानुन तथा लोकतान्त्रीक मुल्य मान्यता र पत्रकार आचार संहिताको पुर्ण पालन गर्दै जनताको मौलिक हक, राष्ट्रको हित, सुरक्षा र विकासका लागि प्रतिवद्ध संस्था रहेको जनाउँदै कुनै पनि शक्तिको आडमा संस्थाको उदेश्यमा आँच पुर्याउने प्रयास स्किार्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको