Like us!
Follow us!
Connect us!
Watch us!

कथा प्रेरणाको : उज्वल थापाले एसिड पीडितका पक्षमा सुरु गरेको अभियानले कसरी पायो सफलता ?

अर्थ संसार

विहीबार, २२ असोज २०७७, १८ : ०६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - एसिड आक्रमणमा परेकाहरुका लागि समाजसेवी उज्वल विक्रम थापा देवदूत जतिकै हुन् । उनको एक्लो प्रयासले एसिडका आक्रमणकारीहरुलाई कडा सजाय हुने गरी सरकारले हालै अध्यादेश ल्याएको छ । 
उनले लामो समयदेखि एसिडपीडितलाई साथ सहयोग दिँदै आएका छन् । उनकै प्रयासमा केही एसिड पीडितले रोजगारी समेत पाएका छन् । सरकारले पीडितहरुको निशुल्क उपचार गर्ने ब्यवस्था गरेको छ ।
एसिड आक्रमणबाट पीडितका पक्षमा लड्दै आउँदा उनले समय, श्रम धन धेरै खर्च गरे । उनको आन्दोलनले सार्थकता पाएको छ । उनको कुरा राज्यले सुनेको छ । अहिले नेपालले एसिड पीडितका पक्षमा ल्याएको कानुन दक्षिण एशियामै उदाहरणीय भएको छ ।

यो सफलता थापाले थाक्दै नथाकी निरन्तर गरेको प्रयासको परिणाम हो । त्यसैले त भारतका प्रख्यात अभिनेता अमिताव बच्चनले समेत ट्वीटर, फेसबुक जस्ता सामाजिक संजालमार्फत र ब्यक्तिगत रुपमा फोन गरेर समेत थापाको कामको सराहना गरेका छन् । उनलाई बधाइ दिएका छन् । अर्काको सहयोगका लागि जीवन समर्पण गरेका थापा दुखमा परेकाहरुको सारथी हुन् । 

कसैले जस्तोसुकै समस्यामा परे पनि सम्झने पहिलो नाम हो उज्वल थापा । उनै थापालाई हामीले कथा प्रेरणाको स्तम्भमा प्रस्तुत गरेका छौं । उनले एशिड आक्रमणका विरुद्ध संघर्षका दिनहरु र सफलता पाउँदाको खुशी हामीसँग यसरी बाँडेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको