Like us!
Follow us!
Connect us!
Watch us!

फेरि एक कम्पनीको ह्याण्ड स्यानिटाईजर बिक्री वितरणमा रोक !

अर्थ संसार

शनिबार, २४ असोज २०७७, ०७ : ५२ मा प्रकाशित

फेरि एक कम्पनीको ह्याण्ड स्यानिटाईजर बिक्री वितरणमा रोक !

अर्थ संसार, काठमाडौं - औषधि व्यवस्था विभागले स्यानीटाईजर फेरि मानव स्वास्थ्यमा गम्भिर असर पर्ने रसायन मिसाएर बनाइएको एक कम्पनीको ह्याण्ड स्यानिटाईजर बिक्री वितरणमा रोक लगाएको छ ।

विभागले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ताेकेकाे मापदण्ड विपरित विषाक्त रसायन मिथानाेल समावेश भएकाे ह्यान्ड स्यानिटाईजर बजारमा विक्री वितरण भइरहेको पाएपछि एक कम्पनीको ह्याण्ड स्यानिटाईजर बिक्री वितरणमा रोक लगाएको हो ।

विभागले यसअघि पनि १८ कम्पनीले उत्पादन गरेका गुणस्तहिन स्यानिटाईजरको बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । योसँगै प्रयाेग गर्न राेकावट लगाइएकाे स्यानिटाईजरकाे संख्या १९ पुगेको छ ।

विभागले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको