Like us!
Follow us!
Connect us!
Watch us!

एड्भेन्चर मिट्स फन : रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने

अर्थ संसार

शनिबार, २४ असोज २०७७, १३ : ०६ मा प्रकाशित

एड्भेन्चर मिट्स फन : रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्ट राइड हुने

काठमाडौं – रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टर सेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्सफन’हुने भएको छ।

नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रा.लिले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने भएको छ।

आगामी आइतबार देखि एक साता सम्म चल्ने सो टेस्टराइड विहान १० देखि बेलुकी ५बजे सम्म गर्न सकिनेछ। सो अवसरमा गाइडमार्सलहरुको सहयोगमा ट्रायल ट्रयाकमा बाइक गुडाउन सकिनेछ।टेस्टराइड गर्ने राइडरहरुलाई रोयल इन्फिल्डको तर्फबाट आकर्षक गिफ्टह्याम्पर प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएको छ।

रोयल इन्फिल्डका दुई प्रिमियम बाइक हिमालयन र इन्टरसेप्टरको राइड अनुभव लिन पाउँदा राइडरहरु निकै नै खुसी हुने अपेक्षा गरेको कम्पनीको भनाइछ।

हिमालयनमा ४११ सिसीको सिंगल सिलिन्डर एयर–कुल्ड एसओएचसी इन्जिन छ। यसले २४.५ पीएस पावर र ३२ एनएमटर्क प्रदान गर्छ ।

हिमालयन साधारण र दमदार लुक भएको बाइक हो, जसको ड्यासबोर्डमा मोडर्नटच रहेको छ । स्पिडोमिटर, ट्रिपमिटर, फ्युलगेज, डायरेक्सन लकम्पसर अन्य जरुरी इन्फर्मेसन एनालग डायल र डिजिटल डिस्प्लेमा देख्न सकिन्छ ।सो बाइकमा हेलोजन हेडल्याम्प उपलब्ध छ।

इन्टर सेप्टर बाइकमा ६४८ सीसी, एयरकुल्ड, एसओएचसी, फ्युलइन्जेक्टेड प्यारालल ट्विन मोटरइन्जिनको प्रयोग गरिएको छ।यसले ४७ बीएचपी पावर र ५२एनएमटर्क जेनेरेट गर्छ।

बाइकमा ६ स्पिडको गियरबक्स र स्लिप असिस्ट क्लच समावेश गरिएको छ। बाइकको अधिकतम गति १६३ किलोमिटर प्रतिघण्टा रहेको छ। सो बाइक रोयलइन्फिल्डको अहिलेसम्मको सबैभन्दा तीव्र गतिको बाइक हो।

यी दुई बाइकको मूल्य क्रमशः८ लाख ९८ हजार र १२लाख ४९ हजार रुपैयाँ छ।

कम्पनीले सामाजिक सञ्जालमार्फत आयोजना गरेको ‘नोयोरइन्फिल्ड’विजेताको घोषणा समेत सोही अवसरमा फेसबुक लाइभ मार्फत गर्ने बताएको छ।

दशैँ र तिहारलगायतका चाडपर्व नजिक आइरहेको सन्दर्भमा राइडरहरुलाई रोयल इन्फिल्ड बाइकको अनुभूति प्रदान गराउनका लागि सो कार्यक्रम आयोजना गर्न लागेको कम्पनीको भनाइ छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको