Like us!
Follow us!
Connect us!
Watch us!

'आइएमई पे' ले ल्यायो दशैँको किनमेलमा ३० प्रतिशत क्यास ब्याक अफर

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १६ : ४३ मा प्रकाशित

'आइएमई पे' ले ल्यायो दशैँको किनमेलमा ३० प्रतिशत क्यास ब्याक अफर

अर्थ संसार, काठमाडौं - आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवन्धित ‘आइएमई पे’ ले दशैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा तीस (३०) प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । 

किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू जस्तैः– औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको  भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको हो । यो अफर २५ असोजबाट शुरू भइ कार्तिक ७ गतेसम्म कायम हुनेछ । 

यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको