Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको कार्डमार्फत ई–कमर्शमा अनलाइन भुक्तानी गर्दा २५ % सम्म नगद फिर्ता

अर्थ संसार

सोमबार, २६ असोज २०७७, १९ : ०३ मा प्रकाशित

एनआईसी एशिया बैंकको कार्डमार्फत ई–कमर्शमा अनलाइन भुक्तानी गर्दा २५ % सम्म नगद फिर्ता

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ता (Cash Back) को योजना सार्वजनिक गरेको छ । 

उक्त आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam र Kalmart जस्ता ई–कमर्शबाट बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । 

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै यस बैंकले Sastodeal र Gyapu Marketplace मा २० प्रतिशत वा रू.२००० सम्म, Kalmart मा २५ प्रतिशत वा रू.१५०० सम्म तथा Thulo Pasal, Infistore र Okdam मा १५ प्रतिशत वा रू.१००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ । 

यस बैंकमा आबद्ध ग्राहकहरूले २७ असोजदेखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहकहरूले सो अवसरको फाइदा लिने बैंकले विश्वास लिएको छ । साथै यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन समेत बैंकले  आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको