अर्थ संसार, काठमाडौं - नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान विवरण अद्यावधिक गराउन आग्रह गरेको छ ।
बैंकमा खाता खोले पश्चात ग्राहक पहिचान विवरणमा परिवर्तन भई बैंकमा अद्यावधिक गराउन छुटाएका वा २०६९ फाल्गुण २ गते भन्दा अघि खाता खोलेका तर हालसम्म ग्राहक पहिचान विवरण अद्यावधिक नगराएका ग्राहकहरुलाई कार्तिक मसान्तभित्र ग्राहक पहिचान विवरण अद्यावधिक गराउन आग्रह गरेको हो ।
सो समयभित्र विवरणहरु अध्यावधिक नगराएमा अद्यावधिक नभएका वा विवरण पुरा नभएका खाताहरु संचालनमा पूर्ण रोक लगाउने बैंकले जानकारी गराएको छ ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस