Like us!
Follow us!
Connect us!
Watch us!

विदेशमा रहेका नेपालीले यसरी गर्न सक्छन् अनलाइनबाट सेयर कारोबारः ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटसँगको कुराकानी

अर्थ संसार टक

बुधबार, २८ असोज २०७७, ०० : ०० मा प्रकाशित

विदेशमा रहेका नेपालीले नेपालको सेयर बजारमा कसरी लगानी गर्न सक्छन् ? हामीले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटलाई सोध्यौं । उहाँले विदेशमा रहेका नेपालीले नेपालमै रहेकाहरुले जत्तिकै सजिलै कारोबार गर्न सक्ने बताउनु भयो ।

'सेयर कारोबार गर्न विदेशमा रहेका नेपालीले ग्राहक पहिचान विवरण (केवाइसी) अनलाइनबाटै भर्न सक्छन्,' उहाँले भन्नु भयो, 'फर्म भरेपछि सम्बन्धित ब्यक्तिले नै भरेको हो भन्ने यकिन गर्न आफ्नो सक्कली नागरिकतासँग सेल्फी खिचेर पठाउनु पर्छ । त्यसपछि हामी अनलाइन कारोबार गर्न उहाँहरुलाई टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) को लिंक पठाइ दिन्छौं । त्यसपछि ग्राहकले विदेशबाटै अनलाइनमार्फत सेयर किनबेच गर्न सक्नुहुन्छ ।' उहाँले सेयर किनेपछि बैंकमा रहेको रकम अनलाइनबाटै तिर्न सकिने र सेयर बेचेको रकम बैंक खातामा सिधै जम्मा हुने सुविधा नेपालमा रहेका र विदेशमा रहेका नेपालीलाई उत्तिकै सहज रहेको बताउनु भयो ।

स्टक ब्रोकर्स एसोसिएनका अध्यक्ष रानाभाटले अर्थ संसार टकमा कुराकानी गर्दै सेयर किनबेच गर्दा ब्रोकरले लिने कमिसन घटाउने नघटाउने भन्ने कुरा नियामक निकायको चाहनामा भर पर्ने बताउनु भयो ।

यसो भन्दै गर्दा उहाँले ब्रोकरको आम्दानीका अन्य क्षेत्रहरु हेरेर निर्णय गर्नु पर्ने धारणा राख्नु भयो । अध्यक्ष रानाभाटले नियामक निकायको अनावश्यक नियमले ब्रोकरहरु मार्फत मार्जिन कारोबार भने हुन नसकेको बताउनु भयो । 'लगानीकर्ताले चाहेको भन्दा बढी कम्पनीको सेयर किन्नु पर्ने बाद्यताले मार्जिन कारोबारमा कुनै लगानीकर्ता आकर्षित भएका छैनन्,' उहाँले भन्नु भयो, 'त्यसैले हामीले यो झण्झटिलो ब्यवस्था हटाउन भनेका छौं ।'

थप कुराकानी भिडियोमाः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको