Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाको चाडपर्व लक्षित योजना : डिजिटल भुक्तानी गर्दा ५०% सम्म छुट !

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १६ : २५ मा प्रकाशित

एनआईसी एशियाको चाडपर्व लक्षित योजना : डिजिटल भुक्तानी गर्दा ५०% सम्म छुट !

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंकले चाडपर्वलाई लक्षित गर्दै आकर्षक ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकका ग्राहकहरूले १ कार्तिक देखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ता (cash back) को लाभ लिन सक्नेछन् । 

फाइदा नै फाइदाले भरिएको  यस योजनामा बैंकका मोबाइल बैंकिङ्ग (MoBank) तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सक्नेछन् :-

वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वको अवसरमा ग्राहकलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना कोरोना भाइरस महामारीमा सहज एवं सुरक्षित हुने बैंकको विश्वास रहेको छ । चाडपर्वको कोशेलीस्वरूप ल्याइएको यस योजनाले  ग्राहकहरूको समेत डिजिटल कारोबारमा पहुँच पु¥याउदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।

यस‘डिजिटल उत्सव’ योजना अन्तर्गत ग्राहकहरूले विभिन्न इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारी साधन, खाद्यान्न, हेलिकप्टर टुर लगायत विभिन्न सामग्रीहरू सर्वाधिक नगद छुट तथा क्यास ब्याकमा खरिद गरी यो वर्षको चाडपर्वमा खुसीयाली थप्न सक्नेछन् ।  बैंकले ग्राहकहरूको चाडपर्वलाई यादगार बनाउने लक्ष्य लिएको छ । ग्राहकहरूलाई चाडपर्वका बेला अत्यावश्यक हुने विभिन्न सामग्री खरिद गर्न सहज एवं सुलभ बनाउनका निमित्त बैंकले विभिन्न ब्राण्ड तथा स्टोरहरूसँग समझदारी गरी आकर्षक छुटको व्यवस्था गरेको हुँदा अवसरको समयमै फाइदा उठाउनुहुन बैंक सम्पूर्ण ग्राहकहरूलाई आग्रह गरेको छ ।

यस बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप विभिन्न सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउदै ग्राहकहरूलाई समेत डिजिटल कारोबार तथा सेवा तर्फ आकर्षित गरिरहेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न अनलाइन किनमेललाई प्रोत्साहन गर्न Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam र Kalmart जस्ता ई–कमर्शबाट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ताको योजना २७ असोज देखि १ कार्तिक २०७७ सम्म र ग्राहकहरूले MoBank बाट भुक्तानी गर्दा happy hour योजनाबाट रू. ४००, Super Six Campaign  योजनाबाट रू. ५०० तथा अनलाइनबाट खाता खोली पहिलोपटक MoBank मार्फत कारोबार गर्दा रू. ५०० गरी मासिक रुपमा रू. १,४०० सम्मको नगदफिर्ताको योजना समेत बैंकले सञ्चालन गरिरहेको छ । साथै बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको