Like us!
Follow us!
Connect us!
Watch us!

यूनियन लाईफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने

अर्थ संसार

विहीबार, २९ असोज २०७७, १४ : ५० मा प्रकाशित

यूनियन लाईफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने

अर्थ संसार, काठमाडौं - युनियन लाईफले व्यतीत बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने भएको छ ।

युनियन लाईफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतीत भएको अवस्थामा त्यसरी व्यतीत भएको बीमालेखको लागि आवश्यक प्रक्रिया पूरा गरी आज बुधबारदेखि आगामी कात्तिक ३० सम्ममा नवीकरण गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शत्प्रतिशत छुट प्रदान गरिएको घोषणा गरेको छ ।

नवीकरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको