Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका ग्राहकहरुले डिल आयो डट कममा २५% सम्म क्यास ब्याक पाउने

अर्थ संसार

विहीबार, २९ असोज २०७७, १७ : २१ मा प्रकाशित

सिटिजन्स बैंकका ग्राहकहरुले डिल आयो डट कममा २५% सम्म क्यास ब्याक पाउने

अर्थ संसार, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डट कममा २५% सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकका डेबिट/क्रेडिट कार्ड बाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डट कममा रु १००० भन्दा माथिको कारोबार गर्दा २५% सम्म वा रु २५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना  कात्तिक ६ गते सम्म लागू हुने बैंकले जनाएको छ । 

नजिकिंदै गरेको महान चाड दशैँलाई लक्षित गरि ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने,  डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र  कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको