Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले ल्यायो सामाजिक उत्तरदायित्व योजना

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, १८ : ४४ मा प्रकाशित

एनआईसी एशिया बैंकले ल्यायो सामाजिक उत्तरदायित्व योजना

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंकले वडादशैंको अवसरमा 'Celebrate for Cause'  सामाजिक उत्तरदायित्व योजना ल्याएको छ । यस योजना अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) बाट QR, Utility, तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट रू. १ का दरले समाजिक उत्तरदायित्वका लागि योगदान गरिनेछ । 

ग्राहकहरूको चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले बैंकले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्राण्ड तथा स्टोरहरूमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक छुट तथा नगद फिर्ता (cash back) योजना ल्याएकोमा बैंकले सोही योजनाअन्तर्गत सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडी बढाउन 'Celebrate for Cause' योजना समेत ‘डिजिटल उत्सव’ मा समावेश गरी ल्याएको बैकले जनाएको छ । 

करिब १२ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले १ कार्तिक देखि १० कार्तिक २०७७ सम्म गर्ने डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिनेछ । कोरोना भाइरसका कारण मुलुकका उद्योग, कलकारखाना, विकास निर्माण, बैंक तथा वित्तीय क्षेत्र लगायतका क्षेत्रहरूमा गम्भीर असर पारिरहेको अवस्थाबीच बैंकले यस अभियानमार्फत उक्त १० दिनसम्म संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका बृद्धाश्रम, बालगृह जस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्नेछ । मोबाइल बैंकिङ्गबाट गरिने भुक्तानी निकै लोकप्रिय बनेसँगै डिजिटल कारोबारतर्फ आकर्षित गर्नका निमित्त बैंकले यस योजनालाई बृहतरूपमा लैजाने सोच बनाएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले ल्याएको यस अभियानबाट सामाजिक संस्थाहरूको हितको रक्षामात्र नभई अप्ठ्यारामा परेका नागरिकहरूलाई आड भरोसा समेत मिल्ने विश्वास बैंकले लिएको छ ।

हाल मोबाइल बैंकिङ्गबाट देशभरका १ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरूमा QR भुक्तानी एवं विद्युत महसुल, खानेपानी, टेलिफोन, इन्टरनेट, केबुल, मोबाइल रिचार्ज, हवाइ तथा बस टिकटको शुल्क भुक्तानी तथा रकम स्थानान्तरण जुनसुकै स्थानबाट जुनसुकै समयमा गर्न सकिने सुविधा रहेको छ ।  

साथै बैंकले ल्याएको आकर्षक ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले कार्तिक १ गतेदेखि मंसीर ५ गतेसम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् । 

साथै अनलाइन किनमेललाई प्रोत्साहन गर्न Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam र Kalmart  जस्ता ई–कमर्शबाट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ताको योजना  असोज २७ गतेदेखि कार्तिक  १ गते सम्म समेत बैंकले सञ्चालन गरिरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको