Like us!
Follow us!
Connect us!
Watch us!

सन्राइज बैंकले ल्यायो चाडपर्व बिशेष योजना

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, २१ : ३१ मा प्रकाशित

सन्राइज बैंकले ल्यायो चाडपर्व बिशेष योजना

अर्थ संसार, काठमाडौं - स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ ।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले F1soft संग सहकार्य गरी यस योजना ल्याएको हो ।

यस योजना अन्तरगत सन्राइजले आफ्नो मोबाइल बैंकिङ्ग Sunrsie Smart App मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।

साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको छ । सन्राइज बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमाग्राहकहरुसँग खुशी बाड्न २०७७ कार्तिक १ गते देखि मंसिर ५गते सम्मको लागी यो योजना ल्याएको हो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको