Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको बाेनस शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०७७, १२ : ४० मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको बाेनस शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता ४ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार ३ वटा कम्पनीकाे बोनस शेयर र एउटा कम्पनीकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको हाे । 

जसमध्ये हिमालयन बैंक लिमिटेडको ८५ लाख २० हजार २ सय ५५ दशमलव ८४ कित्ता बाेनस शेयर, जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको १ करोड कित्ता साधारण शेयर (आइपिओ) र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ लाख ३५ हजार १ सय ९ दशमलव ८४ कित्ता बाेनस शेयर नेप्सेमा सूचिकृत गरिएको हो ।

त्यसैगरी स्टकका अनुसार एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बाेनस शेयर पनि सूचिकृत गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको