अर्थ संसार, काठमाडौं– हरेक वर्ष करिब ५ लाखको हाराहारीमा विद्यार्थीहरुले एसईई उत्तिण गर्छन भने करिब ३ देखि ४ लाखको हाराहारीमा विद्यार्थीहरुले प्रमाणपत्र तह उत्तिण गर्छन । यस तथ्याकंलाई मध्यनजर गर्दा ५ लाख भन्दा बढि मानिसहरु हरेक बर्ष श्रम बजारमा भित्रिन्छन् । उनीहरुमध्य कत्ति उच्च शिक्षाका लागि विदेशीने गर्छन, कोही स्वदेशमै आफ्नो शिक्षालाई निरन्तरता दिन्छन् भने ती मध्य बाँकी आफ्नो पढाइलाई पूर्णविराम लगाउँदै राजगारीका लागि खाडी मुलुकको यात्रा तय गर्दछन् ।
पछिल्ला केही वर्षयत्ति विदेशीनेहरुको लहर ह्वात्तै बढेको पाइन्छ, अहिले पनि श्रम कार्यालय परिसरमा जाने हो भने युवा जमातको ठुलै भिड देख्न सकिन्छ । तर, कुनै खतराको घण्टी बिना नै आएको कोरोना महामारीले विश्व स्वास्थ्यलाई मात्र चुनौती नदिएर अर्थतन्त्रमा राम्रै फड्को मारेका देशलाई पनि नराम्रोसंग प्रभावित पारेको छ ।
पछिल्ला ७ महिनामा कोरोनाले व्यापार, व्यवसाय लगायत सम्पूर्ण क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारण कत्ति देशहरुमा आर्थिक मन्दिको अवस्था पनि सृजना भइसकेको छ ।
र, विज्ञहरुले कोरोना महामारीलाई सन् १९३० को ग्रेट डिप्लेसन भन्दा ठुलो भएको अंकलन गर्दै आइरहेका छन् । यस विशंम परिस्थितिमा विदेशमा रहेका नेपालीहरु स्वदेश फर्ती हुने क्रम पनि बढिरहेको छ । यस महामारीकै कारण अर्को वर्षभित्र विदेशमा विभिन्न प्रयोजनका लागि बसोबास गर्दै आइरहेका करिब ७ लाख नेपालीहरु स्वदेश फर्किने अनुमान गरिएको छ । र, यो संकटबाट बच्नका लागि नेपालले करिब १० लाख नयाँ रोजगारी सृजना गर्न आवश्यक छ ।
विदेशबाट फर्किने नेपालमी र स्वदेशमै रहेका युवाहरुलाई रोजगारीका बाटोहरु खुलाउदै समयमै यस समस्याका समाधान गर्नका लागि नेपालमा यूकेएडको सीपको सहकार्यमा रोजगारी डट कम लागि परेको छ । विशेष गरी प्रदेश २ र प्रदेश ५ का रोजगारी खोजकर्ताहरुलाई लक्षित गर्दै विभिन्न रोजगारीका अवसरहरु सृजना गरिएको छ । नेपलमा करिब ३१५ बेरोजगारीको संख्या रहेपनि दक्ष जनशक्तिका लागि नेपालमै प्रशस्त सम्भावना र रोजगारीहरु रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस