Like us!
Follow us!
Connect us!
Watch us!

केयर रेटिङस नेपालको वार्षिक सभा आज, २१.०५३ प्रतिशत लाभांश पारित हुने

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, ०७ : १७ मा प्रकाशित

केयर रेटिङस नेपालको वार्षिक सभा आज, २१.०५३ प्रतिशत लाभांश पारित हुने

 अर्थ संसार, काठमाडौं - केयर रेटिङस नेपाल लिमिटेडले चौथों वार्षिक साधारण सभा आज (कार्तिक ३ गते सोमबार) हुँदैछ  ।

कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार चौथों वार्षिक साधारण कार्तिक ३ गते, सोमबार केयर रेटिङस नेपाल लिमिटेड, दोस्रो तल्ला, स्टार मल काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ  ।

सभामा अध्यक्षको मन्तव्यसहित संचालक समितिको प्रतिवेदन २०७६/७७ छलफल गरी पारित गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारीत गर्ने, २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा छलफल गरी पारित गरिनेछ ।

यसैगरी सभाले २१.०५३ प्रतिशतका दरले नगद लाभांश स्वीकृत गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको