Like us!
Follow us!
Connect us!
Watch us!

केयर रेटिङ्गस नेपालले डाक्याे साधारण सभा, २१.०५२% लाभांश वितरण गर्ने

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १३ : १४ मा प्रकाशित

केयर रेटिङ्गस नेपालले डाक्याे साधारण सभा, २१.०५२% लाभांश वितरण गर्ने

केयर रेटिङ्गस नेपाल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे भदाै २३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्ण अनुसार कम्पनीकाे पाचाैँ वार्षिक साधारण सभा कार्तिक ९ गते, मंगलबार, केयर रेटिङ्गस नेपाल लिमिटेड, दोस्रो तल्ला, स्टार मल, पुतलीसडक, काठमाण्डौँमा दिउँसाे २:३० बजेबाट सुरू हुनेछ । 

सभामा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको प्रतिवेदन २०७७/७८ छलफल गरी पारित गरिनेछ । यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको बासलात र सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने,  कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७०/७९ को लागि लेखापरीक्षक नियक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतकाे प्रस्ताव रहेकाे छ ।।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २१.०५२६३० का दरले नगद लाभांश (नगद लाभांशमा लाग्ने करसहित) स्वीकृत गर्नेछ ।

त्यसैगरी, सभामा शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्ति गर्ने र सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पनि पारित गरिनेछ । 

6156bc1f78ad4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको