Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढेको शेयर बजारमा कारोबार रकम घट्यो !

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, १५ : ०५ मा प्रकाशित

दोहोरो अंकले बढेको शेयर बजारमा कारोबार रकम घट्यो !

अर्थ संसार, काठमाडौँ - आज (सोमबार) शेयर बजारले उकालो यात्रा तय गरेको छ  । सोमबार शेयर बजार दोहोरो अंकले बढेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक १३.५८ अंकले बढेर एक हजार ५७०.३८ मा पुगेकाे छ । 

नेप्से ०.८७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.६२ अंकले बढेर ३१०.८९ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीकाे ३२ लाख ६७ हजार ८ सय ६७ कित्ता शेयर खरिदबिक्री हुँदा ९५ करोड ४६ लाख ५६ हजार १ सय ७ रुपैयाँको कारोबार भएकाे छ । शेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर मात्र बढेकाे छ भने बाँकी १ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

आजको शेयर तालिका हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको