अर्थ संसार, काठमाडौं– नेपालीहरुको महानपर्व विजय दशमीको अवसरमा कात्तिक ७ गतेदेखि ११ गतेसम्म सवै बैंकहरु बन्द हुने भएका छन् । नेपाल बैंकर्स संघ (एनबीए) ले आज सूचना प्रकाशित गरी दशैँ बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने उल्लेख गरेको हो ।
बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।
बैंकका कर्मचारीहरुलाई कोरोना संक्रमणको दिनप्रतिदिन बढ्दै गएकोले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न संघले अनुरोध गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस