Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १४ लाख कित्ता शेयर सूचिकृत !

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०७७, १२ : ४६ मा प्रकाशित

नेप्सेमा १४ लाख कित्ता शेयर सूचिकृत !

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक लघुवित्तकाे शेयर सूचिकृत  भएकाे छ ।

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सजिलो लघुवित्त र समिट लघुवित्त एक आपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे १४ लाख कित्ता संस्थापक शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे नेपाल स्टकले जनाएको छ  ।

स्टकका अनुसार आज (कार्तिक ४ गते, मंगलबार) बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको