Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको  नयाँ शाखा बाग्लुङको शेराबजारमा

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०७७, १६ : ०९ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको  नयाँ शाखा बाग्लुङको शेराबजारमा

अर्थ संसार, काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वडा नं.–१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । जैमिनि नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको सोमबार समुदघाट्न गर्नुभएको हो । 

उक्त अवसरमा जैमिनि नगरपालकिाका नगर प्रमुख ईन्द्रराज पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाईलाई बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने   बताउनुभयो ।

बैक शाखा कार्यालय शेराबजारका शाखा प्रबन्धक लोकप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जैमिनि नगरपालिकाकी उपप्रमुख लिला राना, नगर पदाधिकारीहरु, स्थानीय उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको