Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढेको शेयर बजारमा एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार !

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १४ : ०९ मा प्रकाशित

दोहोरो अंकले बढेको शेयर बजारमा एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार !

अर्थ संसार, काठमाडौँ - आज (बुधबार) शेयर बजारले उकालो यात्रा तय गरेको छ  । बुधबार शेयर बजार दोहोरो अंकले बढेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक १३.९४ अंकले बढेर एक हजार ५९७.७१ मा पुगेकाे छ । 
नेप्से ०.८८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.१० अंकले बढेर ३१६.६५ मा पुगेको छ ।

कूल १९२ वटा कम्पनीकाे ५५ लाख ९  हजार ४  सय ४८  कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १ सय ४८ रुपैयाँको कारोबार भएकाे छ । 
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर मात्र बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

आज कारोबार रकमको आधारमा एनआइसी एशिया बैंकले सर्वाधिक कारोबार गर्न सफल भएको छ ।  बैंकले २४ करोड २९ लाख ५७ हजार ८ सय ७ रुपैयाँ बराबरको गरेको छ । 

आजको शेयर तालिका हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको