Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गुराँस लाइफ इन्स्योरेन्ससँग ३ दिने स्पष्टिकरण माग्यो !

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, १० : ०८ मा प्रकाशित

नेप्सेले गुराँस लाइफ इन्स्योरेन्ससँग ३ दिने स्पष्टिकरण माग्यो !

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग ३ दिने स्पष्टिकरण मागेकाे छ ।

कम्पनीले पटक पटक सूचना तथा जानकारी परिवर्तन गरेकाे भन्दै के कारणले परिवर्तन गरिएकाे हाे जवाफ सहित ३ कार्य दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएकाे हाे ।

कम्पनीकाे सुरूमा २०७६ साल कार्तिक १९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले १३.१०१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकोमा फेरि २०७७ साल कार्तिक ३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले पुन ५.२५ प्रतिशत बाेनस शेयर वितरण गर्ने भनी दशाैँ वार्षिक साधारण सभाकाे लागि शेयर दाखिल खारेज बन्द (बुकक्लाेज) गर्न लागेकाे जानकारी प्राप्त भएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको