Like us!
Follow us!
Connect us!
Watch us!

८.५४ अंकले बढ्यो नेप्से, कारोबारमा कुमारी बैंक अब्बल !

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, १५ : ०६ मा प्रकाशित

८.५४ अंकले बढ्यो नेप्से, कारोबारमा कुमारी बैंक अब्बल !

अर्थ संसार, काठमाडौँ - साताको अन्तिम दिन आज (बिहिबार) पनि शेयर बजार उकालो लागेको छ  ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.५४ अंकले बढेर एक हजार ६०६.२५ मा पुगेकाे छ । 
नेप्से ०.५३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.९१ अंकले बढेर ३१८.५६ मा पुगेको छ ।

कूल १८७ वटा कम्पनीकाे ६४ लाख ५७  हजार ८ सय ३३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९ सय १९ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर मात्र बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

आज कारोबार रकमको आधारमा कुमारी बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ ।  बैंकले १४ करोड १५ लाख ४५ हजार २ सय ३७ रुपैयाँ बराबरको गरेको छ । 

आजको शेयर तालिका हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको