Like us!
Follow us!
Connect us!
Watch us!

दशैँमा खल्तीले ल्यायो दुई जोडीको लागि माउन्ट एभरेष्टमा ब्रेकफास्ट अफर

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, १५ : ३९ मा प्रकाशित

दशैँमा खल्तीले ल्यायो दुई जोडीको लागि माउन्ट एभरेष्टमा ब्रेकफास्ट अफर

अर्थ संसार, काठमाडौं - नेपालको लाेकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दशैँको उपलक्ष्यमा खल्तीकाे माध्यमबाट हवाइ टिकट खरिद गर्ने ग्राहकलाइ हुने गरी खल्तीको डिजिटल खुसियाली: एभरेष्टमा ब्रेकफास्ट अफर ल्याएको छ।

एभरेष्टमा ब्रेकफास्ट अफरमा भाग लिन खल्तीबाट प्लेनको टिकट खरिद गर्दा एक सय रूपैयाँभन्दा बढी भुक्तानी गरे पुग्छ।  यसरी भुक्क्तानी गर्ने मध्ये एक-एक जना गरी दुइ भाग्यशाली बिजेता छानिने छन्।  जति बढी पटक भुक्तानी गरिन्छ, त्यति बढी सम्भावना रहने छ।

दुइ भाग्यशाली बिजेताले आफु र आफ्नोको लागि सगरमाथामा गइ ब्रेकफास्ट गर्ने अवसर पाउने छन् । त्यस प्याकेजमा लुक्ला जान र अाउन दुइ तर्फी प्लेनको टिकट, ट्रेक बारे जानकारी, लुक्लाबाट नाम्चे बजारको ट्रेक, बस्ने व्यवस्था र ब्रेकफास्टकाे सुविधा उपलब्ध हुने छ । 

यस अफरको अन्तिम यही  मङ्सिर ५ गते राति १२ बजेसम्म टिकट किन्नु पर्नेछ । साथै बिजेताको घोषणा ७ दिनपछि खल्तीको औपचारिक फेसबुक पेजमा लाइभमार्फत हुनेछ । 

अन्तिममा यो अफर नेपालमा बस्नेहरु जसको उमेर १८ वर्ष र त्योभन्दा माथि भएकाहरुका लागि मात्र मान्य हुनेछ। यसमा सहभागी हुन कुनै प्रकारको शुल्क लाग्ने छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको