Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले तोक्यो बुकक्लोज मिति !

अर्थ संसार

बुधबार, १२ कार्तिक २०७७, ०९ : २० मा प्रकाशित

सानिमा बैंकले तोक्यो बुकक्लोज मिति !

अर्थ संसार,  काठमाडौँ - सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा प्रयोजनको लागि र्तिक १७ गते, साेमबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक १६ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे कार्तिक ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १६औंं वार्षिक साधारण सभा कार्तिक २८ गते, शुक्रबार आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

बैंककाे असाेज २७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयानुसार हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको