Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ !

अर्थ संसार

बुधबार, १२ कार्तिक २०७७, १३ : ३२ मा प्रकाशित

दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ !

अर्थ संसार, काठमाडौं - दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दशैंँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए ।

गाउँभरिका वृद्धवृद्धासमेत जम्मा भएर उनीलगायत सबै गाउँका युवालाई टीका लगाइदिएका थिए । स्वाब दिएर होम क्वारेन्टाइनमा बसेका ती युवा रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै सङ्क्रमणको जोखिममा परेको निष्कर्षसहित बन्द गरिएको धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए ।

स्वाब दिएपछि कुनै लक्षण नदेखिएकाले उनी गाउँमा परिवारसँगै साथीसँगीसँग गाउँघरका खेलकूदलगायतका कार्यक्रममा पनि सहभागी थिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा पाँचभन्दा बढी भेटघाट, भेला र आवतजावत गर्न नपाउने निर्णय गरेको श्रीसको भनाइ छ ।
उनका अनुसार, मङ्गलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे रातिसम्म अत्यावश्यक बाहेकका काममा रोक लगाइएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको