Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ पछिको पहिलो दिन : यस्तो देखियो शेयर बजारको माहोल !

अर्थ संसार

बुधबार, १२ कार्तिक २०७७, १५ : ०७ मा प्रकाशित

दशैँ पछिको पहिलो दिन : यस्तो देखियो शेयर बजारको माहोल !

अर्थ संसार, काठमाडौँ - दशैँ बिदा पछि आज (बुधबार) खुलेको शेयर बजारले उकालो यात्रा तय गरेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ४१.२० अंकले बढेर एक हजार ६४७.४५ मा पुगेकाे छ । 
नेप्से २.५७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ९.२१ अंकले बढेर ३२७.७६ मा पुगेको छ ।
कूल १८८ वटा कम्पनीकाे ९३ लाख २२  हजार ८५ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ७२ करोड ५९ लाख ९४  हजार ६९ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर मात्र बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

आज कारोबार रकमको आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ ।  बैंकले २० करोड ६५ लाख ४४ हजार ५ सय ५० रुपैयाँ बराबरको गरेको छ । 

आजको शेयर तालिका हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको