Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले घटेको शेयर बजारमा ३ अर्ब माथिको कारोबार !

अर्थ संसार

विहीबार, १३ कार्तिक २०७७, १५ : ०५ मा प्रकाशित

सामान्य अंकले घटेको शेयर बजारमा ३ अर्ब माथिको कारोबार !

अर्थ संसार, काठमाडौँ - आज (बिहीबार) शेयर बजार सामान्य अंकले घटेको  छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक १.७८ अंकले घटेर एक हजार ६४५.६७ मा पुगेकाे छ । 

नेप्से ०.११ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२७ अंकले बढेर ३२८.०४ मा पुगेको छ ।

कूल १९२ वटा कम्पनीकाे १ करोड ३ लाख ६५ हजार ६०७ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८४५ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६  वटा उपसमूहकाे शेयर मात्र बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

आज कारोबार रकमको आधारमा प्राइम कमर्सियल बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ ।  बैंकले १३ करोड ७८ लाख एक हजार ३०६ रुपैयाँ बराबरको गरेको छ । 

आजको शेयर तालिका हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको