Like us!
Follow us!
Connect us!
Watch us!

न धितो, न पुर्जा, फोनबाटै लिऔं कुमारी बैंकबाट कर्जा

अर्थ संसार

आइतबार, १६ कार्तिक २०७७, १२ : ५० मा प्रकाशित

न धितो, न पुर्जा, फोनबाटै लिऔं कुमारी बैंकबाट कर्जा

अर्थ संसार, काठमाडौं -कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सुविधाका लागि फोन लोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवाप्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो ।

कुमारी बैंक लि.मा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतमरु. १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन भने कुनै निवेदनदिन र कानूनी कागजात गरीरहनु पर्ने छैन ।

ग्राहक महानुभावहरुलाई आवश्यकभइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ ।

आगामी दिनहरुमा कुमारी बैंक लि.ले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने विश्वास दिलाउन चाहन्छ ।

आफ्ना देश व्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंगइकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहक मुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको