Like us!
Follow us!
Connect us!
Watch us!

ओरालो लागेको शेयर बजारमा शिव श्री हाइड्रोपावरको सर्वाधिक कारोबार !

अर्थ संसार

आइतबार, १६ कार्तिक २०७७, १५ : ०३ मा प्रकाशित

ओरालो लागेको शेयर बजारमा शिव श्री हाइड्रोपावरको सर्वाधिक कारोबार !

अर्थ संसार, काठमाडौँ - साताको पहिलो दिन आज (आइतबार) शेयर बजारले ओरालो यात्रा तय गरेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ५.१५  अंकले घटेर एक हजार ६४०.५३ मा पुगेकाे छ । 
नेप्से ०.३१ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.५२  अंकले घटेर ३२६.५२ मा पुगेको छ ।

कूल १९६ वटा कम्पनीकाे १ करोड ४ लाख १ हजार ९ सय ७७ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ८७ करोड १५ लाख ६६ हजार १९३ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर मात्र बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

आज कारोबार रकमको आधारमा शिव श्री हाइड्रोपावर लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ ।  बैंकले २३ करोड २७ लाख ७० हजार २५ रुपैयाँ बराबरको गरेको छ । 

आजको शेयर तालिका हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको