अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ५.१५ अंकले घटेर एक हजार ६४०.५३ मा पुगेको छ । नेप्से ०.३१ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.५२ अंकले घटेर ३२६.५२ मा पुगेको छ ।
कूल १९६ वटा कम्पनीको १ करोड ४ लाख १ हजार ९ सय ७७ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ८७ करोड १५ लाख ६६ हजार १९३ रुपैयाँको कारोबार भएको छ । स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर मात्र बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ।
लगानीकर्ताको रोजाइका कम्पनीहरु
आइतबार शेयर बजारमा यी दश कम्पनीको शेयर लगानीकर्ताको रोजाइमा पर्न सफल भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस